काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाल ‘ए’ले क्यानडा–११ सामु २१७ रनको लक्ष्य पेस गरेको छ।मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ए टीमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो।
नेपालका लागी बसिर अहमदले अर्धशतक गरे। उनी ५० रनमा अविजित रहे। रसिद खान ४०, मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद भण्डारी ५, प्रतिश जिसी ४, र अर्जुन कुमाल ४ रन बनाएर आउट भए।
शाहव आलम २ रनमा अविजि रहे। बलिङमा क्यानडाका कप्तान साद बिन जफर सर्वाधिक ३ विकेट लिए। डिलोन हेलिगरले १, इश्वरजोत सोहि २, हर्ष ठाकरले १ र सहिद अहमदजाईले १ विकेट लिए।