काठमाडौं : शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिनुुभयो ।
१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताउनुुभयो। उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ । रासस