Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेदरल्याण्डसमाथि नेपालको शानदार जित

नेदरल्याण्डसमाथि नेपालको शानदार जित

  • शनिवार, फाल्गुण ५ २०८०

  • 918
    SHARES

  • नेदरल्याण्डसमाथि नेपालको शानदार जित


    काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेदरल्याण्डमाथि नेपालले शानदार जित निकालेको छ । नेपालले नौ विकेटको सहज जित हात पारेको हो ।

    नेपालको जितमा ब्याटिङतर्फ अनिल साह र आशिफ शेखले सबैभन्दा महत्त्वपूर्ण योगदान दिए भने पहिलो इनिङ्समा कुशल भुर्तेलले नेपालका लागि सर्वाधिक चार विकेट लिए ।

    आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार गरेपछि नेपालको जित सम्भव भएको हो । अनिलले ५७ र आसिफले ५४ नटआउट रन बनाए ।

    ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रनको आक्रमक पाली खेल्दै आउट भए । डच टिमका विलियन किंग्माले एक विकेट हात पारे ।
    यसअघि, बलिङमा कुशल भुर्तेल चम्किएपछि नेदरल्याण्ड्स १ सय ३७ रनमा अलआउट भएको थियो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन बनाएको थियो ।

    नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले समेत राम्रो प्रर्दशन गरे । उनले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट झारेका थिए ।

    नेदरल्याण्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए । उनलाई भुर्तेलले बोल्ड गरेका थिए । बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन ।

    नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो । नेदरल्याण्ड्सलाई हराउँदै नेपालले लिग टूको तालिकामा २ अंकको खाता खोलेको छ ।


    शनिवार, फाल्गुण ५ २०८००१:५४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij