Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपालमाथी नामिबिया ४ विकेटले विजयी

नेपालमाथी नामिबिया ४ विकेटले विजयी

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 705
    SHARES

  • नेपालमाथी नामिबिया ४ विकेटले विजयी

    काठमाडौं। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३ ओभरमा भेट्टायो।

    बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए। ललितराज वंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिए। पहिला ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको नेपालका लागि दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए।

    नामिबियाको धारिलो बलिङ सामु नेपालले रन जोड्न निकै संर्घष गर्नुपर्यो। नेपालका कप्तान रोहित शर्मा एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भए। नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट हुँदा कुशल मल्लले १५ रन बनाए।

    सोमपाल कामी २ रनमा आउट भए। गुलसन झाले २१ रन बनाउँदा पवज सर्राफ १२ रनमा पभेलिएन फर्किए। करण केसी १६ रन बनाएर आउट हुँदा ललितराज वंशी शून्य रनमा नटआउट रहे।

    नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गिर्हाड इरासमुस एक्लैले ५ विकेट लिए। नेपालले आफ्नो दोस्रो खेलमा शनिबार नेदरल्याण्डसँग खेल्नेछ।


    बिहिवार, फाल्गुण ३ २०८००३:२६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij