Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट गर्भवती सहित थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट गर्भवती सहित थप ३ जनाको मृत्यु

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.2K
    SHARES

  • कोरोना संक्रमणबाट गर्भवती  सहित थप ३ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणवाट गर्भवती महिला सहित थप ३ जनाको मृत्युु भएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जना गर्भवतीको मृत्यु भएको छ ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको आज बिहान उपचारको क्रममा मृत्युु भएको हो । उनको अवस्था जटिल भएपछि हिजो बुुधवार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या थियो । उनी ३७ हप्ताको गर्भवती भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुुुभयो ।

    यसैबिच, रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय पुरुष र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभएको छ ।

    अनुसार असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका पाणिनिका संक्रमितको गयराति मृत्यु भएको हो । त्यस्तै, तिलोत्तमाका संक्रमित पनि गयराति नै मृत्यु भएको हो । अस्पतालका अनुसार आईसीयूमा उपचाररत दुवै संक्रमितमा श्वासप्रश्वासको समस्या थियो ।

     


    बिहिवार, कार्तिक ६ २०७७०९:१९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij