Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एसीसी वुमन्स प्रिमियर कपः नेपाल सेमिफाइनल प्रवेश,कुवेत ८ विकेटले हार्यो

एसीसी वुमन्स प्रिमियर कपः नेपाल सेमिफाइनल प्रवेश,कुवेत ८ विकेटले हार्यो

  • बुधवार, फाल्गुण २ २०८०

  • 721
    SHARES

  • एसीसी वुमन्स प्रिमियर कपः नेपाल सेमिफाइनल प्रवेश,कुवेत ८ विकेटले हार्यो

    काठमाडौ। मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ। कुवेतमाथि ८ विकेटको फराकिलो जित हात पारेसँगै नेपाल सेमिफाइनलमा पुगेको हो।

    वर्षाले प्रभावित खेलमा जितका लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन्। सीता राना मगर १७ रनमा आउट भइन्।

    टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो। जुन नेपालले सहजै भेट्टायो ।कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन्।

    उनले १३ औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन्।तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन्।

    चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन्। यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए।


    बुधवार, फाल्गुण २ २०८००२:४५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij