Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा माओवादी केन्द्रमा १८ वैकल्पिक केन्द्रीय सदस्य थप (सूचीसहित)

नेकपा माओवादी केन्द्रमा १८ वैकल्पिक केन्द्रीय सदस्य थप (सूचीसहित)

  • सोमवार, माघ २९ २०८०

  • 721
    SHARES

  • नेकपा माओवादी केन्द्रमा १८ वैकल्पिक केन्द्रीय सदस्य थप (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले १८ वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । रिक्त रहेको केन्द्रीय समितिको रिक्त रहेको वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य मनोनयन गरिएको हो ।

    थप हुनेहरूमा लालबहादुर सुस्लिब, शंकर राई, रिपुप्रसाद राई, डम्बर सुवेदी, डा. महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन के.सी, राजेन्द्रवीर राय, नारायण महर्जन, हीरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोटा, गंगा पोखरेल र विजय वनेम छन् ।

    यस्तै, पूर्णसिंह राजवंसी, लक्ष्मी श्रेष्ठ, विना पोखरेल र सुरेश गौतमलाई चयन गरेको छ । भने जेष्ठ कम्युनिष्ट मञ्चमा नगेन्द्र धिमाल, ईन्द्रप्रसाद रेग्मी र प्रकाश सुवेदीलाई थप गरेको छ ।

    वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य थप गरेको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टी पंक्तिमा परिपत्र जारी गर्दै जानकारी गराउनुभएको छ। सदस्य थप गर्ने स्थायी कमिटीको बैठकको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

    माओवादीको विधान अधिवेशन भोलिदेखि सुरू हुँदैछ । अहिले पार्टी कमिटी भद्दा भएको भन्दै घटाएर १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ ।

     


    सोमवार, माघ २९ २०८००२:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij