Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति र स्थायी समिति बैठक

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति र स्थायी समिति बैठक

  • बिहिवार, माघ २५ २०८०

  • 798
    SHARES

  • माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति र स्थायी समिति बैठक

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ ।

    फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो। उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने सचिव गणेश साहले बताउनुभयो ।

    साहका अनुसार शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ । आइतबार र सोमबार केन्द्रीय समितिमा विधान मस्यौदाबारे छलफल हुनेछन् । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले जानकारी दिनुभयो। मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने उहाँले बताउनुभयो ।

    ‘अधिवेशनको एजेण्डाबारे छलफल गर्न दुई दिन स्थायी समिति र दुई दिन केन्द्रीय समिति बैठक बोलाएको हो । मूल एजेण्डा मस्यौदामाथि छलफल हो । बैठकमा विशेष रुपान्तरणबाट आएका सुझावमाथि पनि छलफल हुनेछ । मस्यौदा परिमार्जनसहित पारित गरेपछि अधिवेशनमा पेस गर्ने कार्यसूची रहेको छ’, साहले भन्नुभयो ।

    मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि २१ दिन तल्लो समितिमा छलफल भएको थियो ।


    बिहिवार, माघ २५ २०८००२:०७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij