काठमाडौं । साउदी अरबले प्रवासीहरूको भिसाको अवधी तीन महिना बढाएको छ । अवधी बढाइएकोमा सरकारले कुनै शुल्क नलिने घोषणा पनि गरेको छ ।
गृहमन्त्रालयले आइतबार कोरोना महामारीका कारण यस्तो गरिएको जनाएको छ । महामारीका कारण आम मानिस, व्यापारी,निजी क्षेत्र र अन्यमा पर्ने असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
प्रवासीको भिसाको अवधी कोरोना महामारीको समयमै समाप्त भएको र फिर्ता जानका लागि दिइएको भिसा समेत प्रयोगमा नआएको अवस्थाका यस्तो निर्णय गरिएको जनाइएको छ ।
साउदी प्रेस एजेन्सीले यी नियमहरू आवश्यकताअनुसार परिर्वतन हुँदै जाने उल्लेखसमेत गरेको छ।