Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको दसैंभत्ता कोरोना कोषमा जम्मा गरिने

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको दसैंभत्ता कोरोना कोषमा जम्मा गरिने

  • बुधवार, कार्तिक ५ २०७७

  • 909
    SHARES

  • गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको दसैंभत्ता कोरोना कोषमा जम्मा गरिने

    गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले यसपालिको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित सात मन्त्रीको दसैंभत्ता कोभिड–१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो।

    एक महिनाको पारिश्रमिकबराबर आउने भत्ता विगतका दसैंमा पनि मुख्यमन्त्री तथा मन्त्रीहरूले सरकारकै कोषमा जम्मा गरेको उहाँको भनाइ छ । यसै गरी बैठकले प्रदेश सरकारले गर्दै आएको कोरोना संक्रमितको उपचार र व्यवस्थापनलाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री बस्नेतले बताउनुभयो।

    यससम्बन्धमा सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रियाको विश्वास नगर्न उहाँले आग्रह समेत गर्नुभयो । बैठकले दसैंतिहारलगायत चाडपर्व मनाउँदा सामाजिक दुरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ ।


    बुधवार, कार्तिक ५ २०७७०१:३३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij