Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल भारतसँग एक सय ३२ रनले पराजित

नेपाल भारतसँग एक सय ३२ रनले पराजित

  • शनिवार, माघ २० २०८०

  • 447
    SHARES

  • नेपाल भारतसँग एक सय ३२ रनले पराजित

    काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भएको सुपर सिक्स खेलमा नेपालले भारतसँग फराकिलो हार ब्यहोरेको हो ।

    भारतले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए । आकाश चन्द १८ रनमा र दुर्गेश गुप्ता २९ रनमा अविजित रहे ।

    भारतका सौमी पाण्डेले सर्वाधिक ४ विकेट लिए । यस्तै अर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले समान एकरएक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो ।

    भारतका सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले । यस्तै कप्तान सहरानले पनि शतक बनाए । नेपालका गुलशन झाले ३ र आकाश चन्दले एक विकेट लिए । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग हारेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।


    शनिवार, माघ २० २०८००७:००:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij