Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालले आज भारतसँग खेल्दै

नेपालले आज भारतसँग खेल्दै

  • शुक्रवार, माघ १९ २०८०

  • 567
    SHARES

  • नेपालले आज भारतसँग खेल्दै

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट अन्तरगत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ। प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ।

    खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ। विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको थियो।

    सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। २०१७ अन्डर नाइन्टिन एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो।

    अहिले उपाधि दोबेदार भारतको सेमिफाइनमा स्थान पक्का भइसकेको छैन। नेपाललाई पराजित गरे भारत उपाधिनजिक पुग्नेछ। दुई महिनाअघि भएको एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

     


    शुक्रवार, माघ १९ २०८००६:४१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij