काठमाडौं । काठमाडौं जिल्ला अदालतले बाँसबारी छाला जुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख थापालाई बिहीबार पक्राउ गरेको थियो ।
जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।
चौधरी पक्राउ परेसँगै निजी क्षेत्रले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ। नेपाल क्षेत्रले साढे पाँच बजे एभरेष्ट होटलमा अकास्मिक पत्रकार सम्मेलन गर्न लागेको हो।