Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट, यस्ता छन् केन्द्रीय परिषद् बैठकका प्रस्तावहरू

एकीकृत समाजवादीको नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट, यस्ता छन् केन्द्रीय परिषद् बैठकका प्रस्तावहरू

  • सोमवार, माघ १५ २०८०

  • 892
    SHARES

  • एकीकृत समाजवादीको नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट, यस्ता छन् केन्द्रीय परिषद् बैठकका प्रस्तावहरू

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र महाधिवशेन प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेको छ । समाजवादीको केन्द्रीय परिषदको दोस्रो बैठकले पारित गरेपछि आगामी महाधिवशेनमा केन्द्रीय नेतृत्व र महाधिवेशन प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनुपर्नेछ ।

    एकीकृत समाजवादीमा उमेर हद राख्नु पर्ने माग भए पनि विधानमा त्यस्तो प्रावधान नराखिने भएको छ । उपाध्यक्ष बेदुराम भुसालका अनुसार बैठकले १९९ जनाको केन्द्रीय कमिटी हुने व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस्तै, पदाधिकारी १९, प्रदेश कमिटी ७५, जिल्ला कमिटी ५५, पालिका कमिटी ४५ र वडा कमिटी ३५ सदस्सीय हुने बताउनुभयो ।

    सबै कमिटीहरुमा २० प्रतिशत ४० वर्ष मुनिका युवा रहने व्यवस्था गरिएको छ । एकीकृत समाजवादीको सांठनिक संरचना केन्द्रीय कमिटी, पोलिट ब्यूरो र स्थायी कमिटी रहने निर्णय भएको छ । यो प्रावधाधन संशोधित विधानमा राखिने छ ।

    आइतबारदेखि सुरु भएको परिषद् बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन समेत पारित समेत गरेको छ ।

    यस्ता छन् प्रस्तावहरू :

     


    सोमवार, माघ १५ २०८००७:३७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij