Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

  • शनिवार, माघ १३ २०८०

  • 649
    SHARES

  • यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई हराउँदै नेपाल  सुपर सिक्समा प्रवेश

    काठमाडौं । नेपाल आइसिसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ । अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो ।

    १४६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनाउँदै ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको हो ।

    नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो । अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा ७ चौकासहित अर्धशतक बनाए । ८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोडे ।

    नेपालका लागि दिपक बोहोराले ४२ बलमा २७ रन जोडे । सुवास भण्डारीले २९ बलमा नटआउट ९ रन जोड्दै नेपाललाई जिताए । नेपालका लागि आकाश त्रिपाठी १६ र अर्जुन कुमालले १० रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। दिपक डुम्रे ५, दीपेश कँडेल ४, विपिन रावलले २ रन बनाए । गुलसन झा र आकाश चन्द १-१ रन लिए ।

    शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो । समूह ‘डी’मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई स्तब्ध पार्दै सुपर सिक्सको यात्रा तय गर्न सफल भएको हो ।

    शुक्रबारको खेलमा अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक ५ विकेट लिए । दीपेश कँडेलले दुई विकेट लिए भने गुलसन झा, तिलक भण्डारी र सुवास भण्डारीले एक-एक विकेट लिए । समूह ‘डी’बाट नेपालसहित न्युजिल्याण्ड र पाकिस्तान सुपर सिक्समा प्रवेश गरेका छन् ।


    शनिवार, माघ १३ २०८००५:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij