Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
राष्ट्रिय सभा निर्वाचन

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार सुवेदी र सापकोटा विजयी

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार सुवेदी र सापकोटा विजयी

  • बिहिवार, माघ ११ २०८०

  • 941
    SHARES

  • लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार सुवेदी र सापकोटा विजयी

    काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनको मत परिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी हुनुभएको हो ।

    नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिनुभएको थियो भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार हुनुहुन्थ्यो।

    विजयी विष्णुकुमारी सापकोटाले ५ हजार ४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो। उहाँलाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको थियो । उहाँसँगै प्रतिस्पर्धा गर्नुभएकी नेकपा एमालेकी तुलसा केसीले २ हजार ८६७ मतभार प्राप्त गर्नुभएको छ ।


    बिहिवार, माघ ११ २०८००४:५०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij