काठमाडौं । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानलााई १९८ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै नेपालले १९७ रन बनाएको हो। नेपालका लागि ओपनर विपिन बोहोराले सर्वाधिक ३९ रन जोडेका थिए ।
दीपक डुम्रेले २६, कप्तान देव खनालले २३ रन जोड्दा सुवास भण्डारीले २० रन जोडे भने गुलशन झाले १८ तथा आकाश चन्दले १५ रन जोडे ।
दीपेश कँडेलले १३ रन जोड्दा ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीले ६/६ रन बनाए भने उत्तम थापामगर ४ रनमा आउट भए । पहिलो पावर प्लेमा दुई विकेट गुमाए पनि नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । तर पाकिस्तानी स्पिनरसामु मध्यक्रमका नेपाली ब्याटर धराशायी बने ।
पाकिस्तानका लागि अरफत मिनासले ३ विकेट लिए । यस्तै अहमद हुसैन र उबैद साहले २/२ तथा खुबैब खलिल, महम्मद जिसान र अली असफन्दले १/१ विकट लिए ।
नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको छ । विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ता टोलीमा आएका छन् ।
नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग खेल्न बाँकी छ ।
समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।
सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।