Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइनबाटै दर्ता गर्न पाइने

सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइनबाटै दर्ता गर्न पाइने

  • मंगलवार, माघ ९ २०८०

  • 410
    SHARES

  • सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइनबाटै दर्ता गर्न पाइने

    काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ। सरकारले गत ११ मंसिरमा ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ जारी गरेको थियो।

    सोही निर्देशिकाका आधारमा अनलाइनबाट गुनासो दर्ता प्रक्रिया सुरू गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। प्रयोगकर्ताको गुनासो सुनुवाइ सहज बनाउन मन्त्रालयले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाइ स्थापना गरिसकेको छ।

    सामाजिक सञ्जाल दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाइ स्थापना गरेर अनलाइन गुनासो लिन सुरू गरिएको मन्त्रालयका उपसचिव एवम् इकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो।

    मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकन https://mocit.gov.np/socialplatformcomplaint मा क्लिक गरेर वा सोझै गुनासो दर्ता गर्न सकिने संयोजक पाण्डेयले जानकारी दिनुभयो। प्राप्त गुनासो अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने उहाँले बताउनुभयो।

    नेपालमा सामाजिक सञ्जालका रूपमा सञ्चालनमा रहेका सबै प्लटेफर्मलाई तीन महिनाभित्र सूचीकरण गर्न सरकारले सूचित गरेको थियो।सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएको भए पनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।

    प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने संयोजक पाण्डेयले जानकारी दिनुभयो।


    मंगलवार, माघ ९ २०८००६:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij