Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

  • सोमवार, माघ ८ २०८०

  • 618
    SHARES

  • नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं। आज सेयर बजार दोहोरो अंकले घटेको छ। साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंक ३१.४९ले घटेर २०९८.६९ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.२५ प्रतिशतले ओरालो लाग्यो।

    दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। यसदिन ३०७ कम्पनीको १ कोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँमा खरिदबिक्री भए।

    अघिल्लो कारोबार दिन आइतबार २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएका थिए। अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो।

    मिड सोलु हाइड्रोपावरको ९.४६,आशा लघुवित्त वित्तीयको ६.६९,नगदी ग्रुपको ३.८१ र मैलुङ खोला जल विद्युतको २.८६ प्रतिशतले सेयर मूल्य बढेर कमाउने पाँच शीर्ष कम्पनीभित्र परे।

    दोर्दी खोला जल विद्युत कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले घट्यो। ७८ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। कारोबारमा आएका १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्।


    सोमवार, माघ ८ २०८००६:५२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij