Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपाल पर्यटन बोर्डमा चिनीयाँ फोटो प्रदर्शनी

नेपाल पर्यटन बोर्डमा चिनीयाँ फोटो प्रदर्शनी

  • सोमवार, माघ ८ २०८०

  • 499
    SHARES

  • नेपाल पर्यटन बोर्डमा चिनीयाँ फोटो प्रदर्शनी

    काठमाडौं । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काठमाडांैमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफि प्रदर्शनी शुरु भएको छ ।

    नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चीनीयाँ राजदुतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफि एशोसिएसनको आयोजनामा शुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने छ ।

    चीनीयाँ नयाँवर्षको अवसरमा आयोजना गरिएको यो फोटो प्रर्दशनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्ज्य रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रही आएको उल्लेख गर्दै फोटो प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो ।

    नेपालको पर्यटन प्रर्वद्धन गर्न हामीले चीनीयाँ दुतावाससंग मिलेर विभिन्न कार्यक्रम आयोजना गरेका छौं । जसको कारण पनि नेपालमा आउने चीनीयाँ पर्यटकको संख्या निरन्तर बढ्दै गईरहेको छ ।

    चीनीयाँ नयाँ वर्षको सन्दर्भमा आयोजना गरिएको यो फोटो प्रदर्शनीले पनि एक देशले अर्को देशका पर्यटकीय गन्तव्य तथा त्यहाँको संस्कृति चिन्ने मौका मिल्ने तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं । ’ उहाँले भन्नु भयो ।

    5b5425f1-60ea-4cd4-a65a-d2d259425c23.jpg

    यस्तै नेपाल स्थित चीनीयाँ दुतावासका काउन्सिलर से यूले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको चर्चा गर्दै फोटो प्रदर्शनीको माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनु भयो ।

    कार्यक्रममा नेपाल चीन फ्रेन्डसीप फोरमका अध्यक्ष डा. कल्याणराज शर्मा, नाराका अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफि एशोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, पोटो पत्रकार महासंघका अध्यक्ष हरि प्रसाद रेग्मी लगाएतले यस प्रकारको फोटो दुवै देशमा आयोजना गर्न सके दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भएको थियो ।

    फोटो प्रदर्शनीमा साङदोङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।।

    5517b816-5d6a-4c3f-b1c3-46e3b11691a8.jpg

    12d24b6b-d3c5-4961-bc7a-5230cac879c6.jpg


    सोमवार, माघ ८ २०८००३:४१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij