Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

  • सोमवार, माघ ८ २०८०

  • 3.9K
    SHARES

  • पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर
    काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ ।  उच्च अदालत पाटनले पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर पुनको नियुक्त बदर गरिदिएको हो ।
     
    न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले हिजो पुनलाई कार्यकारी निर्देशक बनाउने कोषको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 
     
    पुनको नियुक्ति मापदण्ड विपरीत रहेको उल्लेख गर्दै कोषकै भरत मरासिनीले २९ पुसमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश गरेको हो । पुन पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको  थियो । 
     
    पुनको नियुक्तिको विषयमा संसदीय समितिले पनि प्रश्न उठाएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पुनको नियुक्तिको कागजात मागेको थियो । 
     


    सोमवार, माघ ८ २०८०१०:२१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij