Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

  • सोमवार, माघ ८ २०८०

  • 563
    SHARES

  • प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै
    काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र एपीएफ, मधेश र सुदूरपश्चिम प्रदेश तथा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।
     
    जारी प्रतियोगितामा पुलिस क्लब अपराजित रहेको छ । पुलिस क्लब अहिलेसम्म खेलेका तीनवटै खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, एपीएफ ३ खेलबाट ४ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।
     
    यस्तै, आजै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सवा ९ बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहँदा मधेश प्रदेश ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।
     
    यसैगरी, बागमती र कर्णाली प्रदेशबीचको खेल बिहान सवा ९ बजे काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हुनेछ । अहिलेसम्म बागमती प्रदेश ५ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली प्रदेश ४ खेलबाट ४ अंकसहित सातौँ स्थानमा छ ।
     


    सोमवार, माघ ८ २०८००८:२३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij