Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आइसीसी यू–१९ विश्वकपमा नेपाललाई न्युजिल्यान्डको बलियो लक्ष्य

आइसीसी यू–१९ विश्वकपमा नेपाललाई न्युजिल्यान्डको बलियो लक्ष्य

  • आइतवार, माघ ७ २०८०

  • 975
    SHARES

  • आइसीसी यू–१९ विश्वकपमा नेपाललाई न्युजिल्यान्डको बलियो लक्ष्य

    काठमाडौं । स्नेहिथ रेड्डीले शतक प्रहार गरेपछि आइसीसी यू–१९ विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले न्युजिल्यान्डबाट बलियो लक्ष्य पाएको छ ।

    टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोड्यो । रेड्डीले १ सय ४१ रनको विशाल इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो योगफल खडा गरेको थियो ।

    तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले नटआउट १ सय ४७ रन जोडे । १ सय २५ बलको सामना गर्दै उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए । १ सय ६ बलमा शतक पूरा गरेका उनले त्यसपछि भने आक्रामक ब्याटिङ गरे । अन्तिम १९ बलमा उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

    पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्युजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाउँदा खेलमा नेपाल फर्केको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले १ सय ५७ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो ।

    पहिलो पावरप्लेमा ५३–० को बलियो सुरुवात गरेको न्युजिल्यान्डलाई स्पिनरत्रय सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका थिए । सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती सफलता दिलाएका थिए । वाटसनले २५ बलमा २ चौकासहित १४ रन जोडे ।

    Nepal-vs-New-Zealand.jpg

    १४ औं ओभरमा अर्का ओपनर टम जोन्स तिलकबाट बोल्ड भए । जोन्सले ४५ बलम ५ चौकासहित ३३ रनको योगदान दिए । लगत्तै अर्को ओभरमा दीपेशले ओलिभर टेवाटियालाई कट बिहाइन्ड गराए । तेस्रो बल खेलेका टेवाटियाले खाता खोल्न सकेनन् ।

    त्यसपछि रेड्डी र ज्याक्सनले बलियो साझेदारी निर्माण गरे । ज्याक्सन ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रन जोड्दै आउट भए । उनी ४२ औं ओभरमा आकाश त्रिपाठीको शिकार बने ।

    त्यसपछि ४३ औं ओभरको लगातार बलमा गुलशन झाले लाच्लन स्ट्याकपोल र ज्याक कमिंगलाई खाता नखोली पेभेलियन फर्काए । एलेक्स थम्प्सन १३ रन जोड्दै सुभाषकै बलमा बोल्ड भए । सुभाषले नै अन्तिम ओभरमा म्याट रोलाई २ रनमा आउट गरे ।

    नेपालका लागि सुभाषले ३ र गुलशनले २ विकेट लिए । दीपेश, तिलक र आकाशको नाममा १–१ विकेट रह्यो ।

    नेपालले अब बुधबार हुने खेलमा पाकिस्तानसँग खेल्नेछ । यो समूहमा अफगानिस्तान पनि रहेको छ ।


    आइतवार, माघ ७ २०८००५:४५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij