Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

यू–१९ विश्वकपमा नेपालले आज न्युजिल्यान्डसँग प्रतिष्पर्धा गर्दै

यू–१९ विश्वकपमा नेपालले आज न्युजिल्यान्डसँग प्रतिष्पर्धा गर्दै

  • आइतवार, माघ ७ २०८०

  • 451
    SHARES

  • यू–१९ विश्वकपमा नेपालले आज न्युजिल्यान्डसँग प्रतिष्पर्धा गर्दै

    काठमाडौँ । यू–१९ विश्वकपमा नेपालले आज पहिलो खेलमा न्युजिल्यान्डसँग प्रतिष्पर्धा गर्दै छ । आजको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

    हालसम्म नेपाल न्युजिल्यान्डविरुद्ध अपराजित रहेको छ । नेपालले सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको थियो । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । न्युजिल्यान्डसँगै नेपालको समूहमा अफगानिस्तान र पाकिस्तान पनि परेका छन् ।

    जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको हो ।

     


    आइतवार, माघ ७ २०८००८:३८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij