Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजनीतिलाई खानेभाडोको रुपमा प्रयोग गरियो: खिमलाल देवकोटा

राजनीतिलाई खानेभाडोको रुपमा प्रयोग गरियो: खिमलाल देवकोटा

  • शनिवार, माघ ६ २०८०

  • 464
    SHARES

  • राजनीतिलाई खानेभाडोको रुपमा प्रयोग गरियो: खिमलाल देवकोटा

    काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले लगातार दुईपटक निर्वाचन जितेका सांसदलाई तेस्रोपटक निर्वाचन टिकट नदिनुपर्नेमा जोड दिनुभएको छ ।

    तीनपटक भन्दा बढि मन्त्रीसमेत बनाउन नहुने तर्क गर्दै सांसद देवकोटाले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यकाल पनि एउटा मात्रै बनाइनुपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद देवकोटाले प्रधानमन्त्रीको सम्बन्धमा मौन बसेको संविधानले राष्ट्रपतिको दुई कार्यकाल भने पनि यसलाई अब सच्च्याएर एउटामात्रै कार्यकाल राख्नुपर्नेमा जोड दिनुभयो ।

    यस्तै सांसद देवकोटाले जिन्दगीभर पदको लोभमा राजनीतिकलाई खानेभाडोको रुपमा प्रयोग गरिरहेको अहिलेको गन्जागोल अवस्थाकै कारण देश र जनताको हित नभएको दाबी गर्नुभयो ।

    देशको राजनीति फोहोरी रहेकाले सबैभन्दा पहिला राजनीति सफा हुनुपर्ने बताउदै देवकोटाले नेताहरु आफ्नो आफ्नैका विकाशको लागि मात्रै लागिपरेको आरोप लगाउनुभयो ।


    शनिवार, माघ ६ २०८००८:१२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij