Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसद्को आगामी अधिवेशनबाट टिआरसी विद्येयक पारित हुन्छ: दीनानाथ शर्मा

संसद्को आगामी अधिवेशनबाट टिआरसी विद्येयक पारित हुन्छ: दीनानाथ शर्मा

‘अहिले कै सत्तागठबन्धन पाँच वर्ष रहन्छ’
  • बिहिवार, माघ ४ २०८०

  • 605
    SHARES

  • संसद्को आगामी अधिवेशनबाट टिआरसी विद्येयक पारित हुन्छ: दीनानाथ शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले संसद्को आगामी अधिवेशनबाट टिआरसी विद्येयक पारित हुने सम्भावना व्यक्त गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका शर्माले अन्तराष्ट्रिय रुपमा पनि शान्ती प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउने काम अवरुद्ध भइरहेकोले यसलाई निकास दिनुपर्छ भन्ने राजनीतिक दलहरुलाई महसुसम भएको बताउँदै सबैको चासो र चिन्ताको विषय भएकाले संसद्को आगामी अधिवेशनबाट टिआरसी विद्येयक पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

    एमालेले राखेको चार बुँदे असहमतिमा नेता शर्माले दलहरुमा केहि सहमति र असहमति हुनु स्वभाविक भएकाले यसलाई संवाद र छलफलबाट निक्र्योलमा पु¥याइने स्पष्ट पार्नुभयो ।

    संवाद र छलफलबाट पनि सहमत हुन सकेन भने विधि र प्रक्रियाबाट अगाडि जान सकिन्छ भन्ने कुरामा लोकतन्त्रवादी शक्तीहरु, पार्टीहरु सहमत हुनुपर्ने पनि नेता शर्माको भनाइ छ ।

    एमालेले यसलाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको आरोप लगाउँदै राष्ट्रिय मुद्दालाई राजनीतिक मुद्दा बनाउन नहुने तर्क गर्नुभयो । राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा केन्द्रित भएर यसप्रकारणका समस्या समाधान गर्नेतर्फ जानुपर्नेमा जोड दिदै नेता शर्माले राष्ट्रियता र जनताको हितसँग सम्बन्धित रहेरै एमाले पनि सहमति मै टुंग्याउने पक्षमा रहने विश्वास व्यक्त गर्नुभयो ।

    यस्तै मन्त्री फेरबदलको प्रसंगमा नेता शर्माले गठबन्धनभित्रको छलफलबाट टुंगो लाग्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मात्रै गर्ने निर्णय नभएकाले गठन्धनमा संलग्न दलहरुबीचको सहमति र समझदारीमा मन्त्री फेरबदल टुंगीने स्पष्ट पार्नुभयो ।

    यस्तै अहिलेको गठबन्धनमा कुनै पनि समस्या र विवाद नभएकाले आगामी पाँच वर्षसम्म अहिले कै सत्ता गठबन्धन नै रहने दाबी गर्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डको युगाण्डा यात्रालाई लिएर नकारात्मक रुपमा टिप्पणी गर्न नहुने पनि नेता शर्माले स्पष्ट पार्नुभएको छ ।

     


    बिहिवार, माघ ४ २०८००७:५२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij