Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पश्चिम नेपालको ब्रान्डिङका लागि नेपालगञ्जमा पर्यटन बोर्डको कार्यशाला

पश्चिम नेपालको ब्रान्डिङका लागि नेपालगञ्जमा पर्यटन बोर्डको कार्यशाला

  • आइतवार, पौष २९ २०८०

  • 543
    SHARES

  • पश्चिम नेपालको ब्रान्डिङका लागि नेपालगञ्जमा पर्यटन बोर्डको कार्यशाला

    काठमाडौं। नेपाल पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा पश्चिम नेपालको ब्रान्डिङका लागि शनिवार नेपालगञ्जमा सरोकारवालाहरुसंग कार्यशाला सम्पन्न गरेको छ ।

    पश्चिम नेपालको प्रवेशद्वारको रूपमा महत्वपूर्ण पर्यटन केन्द्रको रूपमा रहेका पर्यटकीय गन्तव्य बाँके–बर्दिया लगाएतका क्षेत्रको ब्रान्डिङ र प्रवर्द्धनका लागि साझा दृष्टिकोण तय गर्न स्थानीय सरोकारवालाहरूसँगको सहभागितामा बोर्डले कार्यशाला आयोजना गरेको थियो ।

    यस कार्यशालाले नेपालगन्ज तथा बर्दिया लगायतका क्षेत्रलाई पुग्नै पर्ने पर्यटन गन्तव्यको रूपमा विकास, ब्रान्डिङ र प्रवद्र्धनका लागि साझा दृष्टिकोण तय गर्ने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलियाले जानकारी दिनुभयो । ‘स्थानीयको आवश्यक्तालाई जोड दिँदै ‘बटम अफ अप्रोच’ बाट सहभागितात्मक मोडेलको पर्यटकीय गन्तव्य विकासका योजना तयार गर्न खोजेका छौं ।’ उहाँले भन्नुभयो।

    सरकारी, निजी क्षेत्र, समुदाय र सञ्चार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यशालाले त्यस क्षेत्रको समग्र ब्रान्डिङ, सीमापार पर्यटन र आध्यात्मिक पर्यटनलाई जोड दिनु पर्ने आवश्यक्ता औंल्याएका थिए ।

    कार्यशालामा नेपालजञ्जका मेयर प्रशान्त विष्टले नपालगञ्जमा द्रुत गतिमा पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा कार्यशालाले यो क्षेत्रको समग्र पर्यटकीय ब्रान्डिङमा सहयोग पुग्ने बताउनु भयो ।

    कार्यशालाामा नेपालगन्ज महानगरपालिका र वरपरका नगरपालिकाका प्रतिनिधिहरु सहित भन्सार, अध्यागमन, यातायात, सुरक्षा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका पदाधिकारीहरुको पनि सक्रिय सहभागिता रहेको बोर्डका प्रबन्धक अर्चना केसी राणाले जानकारी दिनुभयो ।

    8112ea24-1559-47e7-9b43-7b32a9d8cb85.jpg


    आइतवार, पौष २९ २०८००४:५१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij