काठमाडौं। राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालले ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता २०८० गर्ने भएको छ। प्रतिष्ठानले आगामी पागुन पहिलो साता बाग्मती प्रदेशको धादिङमा उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ।
प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दै धादिङको बेनिघाट रोराङ गाँउपालिका ७ चरौंदीमा फागुन ४ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ।
प्रतियोगिताका विजेताहरुलाई आकर्षक पुरस्कार प्रदान गरिँदै छ। जसअनुसार प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख( ३,००,०००), द्वितिय हुनेलाई २ लाख (२,००,०००), तृतिय हुनेलाई १ लाख( १,००,०००) र सान्त्वना पुरस्कार ५० हजार(५०,०००) साथमा प्रमाणपत्र प्रदान गरिनेछ।
साथै प्रतियोगितामा सहभागी हुनेहरुबाट उत्कृष्ट गाएक, उत्कृट गायिका, उत्कृष्ट भेषभषा, नव गायक, नवगायिकालाई समेत आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यस्तो छ प्रतिष्ठानले जारी गरेको विज्ञप्ति:
