Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला

नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला

  • आइतवार, पौष २९ २०८०

  • 514
    SHARES

  • नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला

    काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला गरिएको छ ।

    माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर उक्त सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिन काम रोकेर सडक खुलाइने भएको हो ।

    धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको थियो । अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।

    नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ । उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो ।


    आइतवार, पौष २९ २०८००२:०४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij