Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको महाधिवेशन सार्दा आम निर्वाचनको तयारी गर्ने समय पनि कम हुन्छ : पौडेल

काँग्रेसको महाधिवेशन सार्दा आम निर्वाचनको तयारी गर्ने समय पनि कम हुन्छ : पौडेल

  • सोमवार, कार्तिक ३ २०७७

  • 1.2K
    SHARES

  • काँग्रेसको महाधिवेशन सार्दा आम निर्वाचनको तयारी गर्ने समय पनि कम हुन्छ : पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन आगामी फागुनमै गर्न संभव रहेको दावी गर्नुभएको छ। उहाँले पार्टीको क्रियाशिल सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान र समायोजनका लागि जिल्ला समितिलाई परिचान गरेर फागुनमै महाधिवेशन गर्न सकिने दावी गर्नुभएको हो ।

    कोरोनालाई बाहना बनाएर गर्न सकिने काम पनि नगरिएको आरोप लगाउदै उहाँले सकिने काम गर्दै जान र सार्नै परेपनि त्यसपछि नसकिएका कामका लागि मात्र सार्नु पर्नेमा जोड दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले सदस्यता नामावली टुङ्गीएको डेढ महिनामा सवै तहका अधिवेशन सम्पन्न गर्न सकिने निर्वाचन समितिले बताएको पनिजानकारी दिनुभयो ।

    अझै साढे चार महिना बाँकी रहेकाले तीन महिनामा पार्टीको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण र समायोजनाको काम गर्न सकिने दावी पनि गर्नुभयो ।

    कोरोनालाई बाहना बनाएर पार्टी नेतृत्व र केन्द्रीय कार्यालय सुतेकाले स्थानीय नेता कार्यकर्ताहरु पनि सुस्ताएकोप्रति बरिष्ठ नेता पौडेलले चिन्ता व्यक्त गर्नुभयो ।

    यस्तै त हो, भाइहाल्छ नी, महाधिवेशन सरि हाल्छ नी भन्ने मानसिकता पार्टीका लागि महारोगको रुपमा देखिएको उहाँले टिप्प्णी गर्नुभयो ।
    उहाँले महाधिवेशन जति पछाडी धकेलीयो, आम निर्वाचनको तयारी गर्ने समय त्यति कम हुने तर्क पनि गर्नुभयो ।

    आम निर्वाचनको तयारीमा लाग्नु पर्ने बेलामा पार्टीको आन्तरिक निर्वाचनमा अल्झीनु पार्टीका लागि घातक हुने बरिष्ठ नेता पौडेलको आशय थियो । जनताप्रति पूर्ण रुपमा बेवास्ता गरेको र जनता रुष्ट भएको सरकारको विरुद्धमा आवाज उठाउनु पर्ने, सरकारलाई जिम्मेबारी बनाउनु पर्ने भूमिकामा समेत काँग्रेस चुकेको उहाँको भनाई छ ।

    कोरोनाको परिक्षण र उपचार समेत नगर्ने सरकारको निर्णय चरम गैरजिम्मेबार र लाचार भएको उहाँले आरोप लगाउनुभयो ।

     


    सोमवार, कार्तिक ३ २०७७०७:२७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij