Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी विकास बैंक लि. को १६औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंक लि. को १६औं वार्षिक साधारण सभा सम्पन्न

  • बिहिवार, पौष २६ २०८०

  • 530
    SHARES

  • लुम्बिनी विकास बैंक लि. को १६औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं। लुम्बिनी विकास बैंक लि.ले आफ्नो १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकले आज बिहिबार काठमाडौंमा आफ्नो १६ औं साधारण सभा सम्पन्न गरेको हो।

    साधारण सभाले आ. ब.२०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनी महानुभावहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष श्री चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १६ औं वार्षिक साधारण सभामा आ.ब. २०७९/८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नुभएका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पार्नु भएको थियो ।

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

    लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ।

    ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ।


    बिहिवार, पौष २६ २०८००५:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij