Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, सबै विषयमा ३५ ल्याए मात्र पास

यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, सबै विषयमा ३५ ल्याए मात्र पास

  • बुधवार, पौष २५ २०८०

  • 2.1K
    SHARES

  • यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, सबै विषयमा ३५ ल्याए मात्र पास
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुनेबारे दोधारमा नपर्न आग्रह गरेको छ ।
     
    शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले चैतको पहिलो हप्ता परीक्षा हुने भएकाले दोधारमा नपर्न र परीक्षा नहुने हल्ला नगर्न आग्रह गर्नुभएको हो । उहाँले वार्षिक क्यालेन्डर अनुसार माघको पहिलो हप्ता रुटिन निकालेर चैतको पहिलो हप्ता परीक्षा हुने स्पष्ट पार्नुभयो ।
     
    संसद्मा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने/नहुने अन्योल रहेको थियो । तर अध्यक्ष शर्माले समितिमा छलफल भइरहेको विधेयकले परीक्षामा कुनै असर नगर्ने बताउनुभयो । उहाँले प्रश्न पत्र तयार पार्ने र रुटिन निकाल्ने काम बोर्डले गर्ने र व्यवस्थापन प्रदेशले गर्ने बताउनुभयो । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन भइरहेकाले त्यहाँ पनि समयमै परीक्षा हुने शर्माको भनाइ छ ।
     
    यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि बोर्डले स्पष्ट पारेको छ । यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब भने पुरानै नियम जसरी हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ,  ३५ ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।
     
    यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म एसईईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।


    बुधवार, पौष २५ २०८००७:५२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij