Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

  • बुधवार, पौष २५ २०८०

  • 462
    SHARES

  • तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

    काठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा घाइते भएका १२ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षका रुमबहादुर बिक र सोही ठाउँका ५५ वर्षका जेमलाल दरैको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।

    घाइतेमध्ये ६ जनालाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ भने ४ जनाको बेलचौतारामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।


    बुधवार, पौष २५ २०८००२:२८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij