Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पर्साबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

पर्साबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

  • मंगलवार, पौष २४ २०८०

  • 781
    SHARES

  • पर्साबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ
    काठमाडौं । सशस्त्र प्रहरी बलले पर्साको हरिहरपुर गाउँपालिकाबाट एक सय ६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। 
     
    मंगलबार(आज) पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १ सय ६८ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। 
     
    पक्राउ पर्नेमा धादिङको बेनिघाट गाउँपालिका–४ का २० वर्षीय समीर तामाङ र मकवानपुरको राङसिराङ गाउँपालिका–४ का २२ वर्षीय राजु लामा रहेका छन्।
     
    पर्साको वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्स बटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको गाँजासहित उनीहरूलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो। उनीहरू उक्त गाडीको चालक तथा सहचालक रहेका छन्।
     
    उनीहरूको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद भएको छ। नियन्त्रणमा लिएकाहरूलाई बरामद गाँजा, रुपैयाँ, मोबाइल सेट र गाडीसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको डिएसपी थापाले जानकारी दिनुभयो।


    मंगलवार, पौष २४ २०८००५:३४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij