Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बुढानीलकण्ठका सव–इन्जिनियर राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुढानीलकण्ठका सव–इन्जिनियर राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मंगलवार, पौष २४ २०८०

  • 918
    SHARES

  • बुढानीलकण्ठका सव–इन्जिनियर राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको  बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टीकाराज राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
     
    घुस लिएको आरोपमा पक्राउ परेका राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । 
     
    थपलियाका अनुसार उनीहरूलाई  गत मंसिर १४ गते अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
     
    राई र सुनुवारले आपसी मिलेमतोमा नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ घुस लिएको आयोगको दाबी छ ।


    मंगलवार, पौष २४ २०८००३:३०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij