Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

  • मंगलवार, पौष २४ २०८०

  • 1.3K
    SHARES

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष  खनालद्वारा राजीनामा

    काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनुभएको छ । आज बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाउनु भएको हो ।

    उहाँको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ ।

    स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा खनालले राजीनामा बुझाउनु भएको छ।

    खनाल ९ साउन २०७६मा प्राधिकरणको अध्यक्ष हुनुभएको थियो। आगामी साउनसम्म कार्यकाल रहे पनि खनालले विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि राजीनामा दिनुभएको हो ।


    मंगलवार, पौष २४ २०८००१:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij