Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

औषधि किन्न निस्केकालाई मरणासन्न हुने गरी कुट्ने सरकार हजारौँको भेला गरी पार्टी प्रवेश गर्दा निरिह

औषधि किन्न निस्केकालाई मरणासन्न हुने गरी कुट्ने सरकार हजारौँको भेला गरी पार्टी प्रवेश गर्दा निरिह

  • शनिवार, कार्तिक १ २०७७

  • 1.4K
    SHARES

  • औषधि किन्न निस्केकालाई मरणासन्न हुने गरी कुट्ने सरकार हजारौँको भेला गरी पार्टी प्रवेश गर्दा निरिह

    काठमाडौँ – कोरोनालाई गिज्याउँदै सयौँ हजारौँ मानिसहरु भेला गरेर पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेपछि जनता समाजवादी पार्टीको चौतर्फी आलोचना भइरहँदा उक्त पार्टीका नेताहरुले भने अब कोरोनासँगै नेपाली समाजले बाच्नुपर्ने बताएका छन्।

    पार्टीले शुक्रबार धनुषाको सबेलामा हजारौँ कार्यकर्ता उतारेर पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।

    साथै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नबल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नरेश राय, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, संघीय सांसद अनिल कुमार झा, उमाशंकर अरगरिया, प्रदेश सांसद मनिष सुमन, सुरिता साह, रामअशिष यादव, परमेश्वर साह लगायत केन्द्रीय तथा जिल्लाका नेताहरु अतिथिका रुपमा सहभागी थिए ।

    तर उनीहरुले सामाजिक दूरीको पालना गरेका थिएनन् । कोरोना कहरका बेला जनस्वास्थ्य मापदण्डको पालना नगरेपछि जनता समाजवादी पार्टीको आलोचना भइरहेको छ । तर पार्टीका नेता मनिष सुमनले भने कार्यक्रममा सामाजिक दूरी कायम गरेको भन्दै झुटो बयान दिनुभएको छ।

    उहाँले अब नेपाली समाजले कोरोनासँगै बाँच्नु सिक्नुपर्ने भएकोले आफूहरुले सुरक्षात्मक उपाय अबलम्बन गर्दै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

    हुन त विश्व स्वास्थ्य संगठनले नै भिडभाड नगरी सामाजिक दूरी कायम गर्न विश्व समुदायलाई आग्रह गरेको छ । नेपालमा पनि सरकारले सभा सम्मेलन तथा भिडभाड हुने अन्य कार्यक्रमहरु आयोजना गर्न रोक लगाएको छ ।

    तर शुक्रबार धनुषाको सबेलामा आयोजना भएको कार्यक्रममा स्थानीय प्रशासनले कुनै रोक लगाएन । गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कुनै किसिमको भिडभाडयुक्त कार्यक्रम आयोजना गर्न नदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको बताउनुभयो । तर नेताहरुबाटै यसको उल्लंघन भएको पाइएको उहाँले बताउनुभयो ।

    यता प्रमुख विपक्षी नेपाली कांगेसले भने कोरोना महामारी रोकथामका लागि सरकारले काम गर्न नसकेको भन्दै दसँैपछि आन्दोलनको चेतावनी दिएका छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामारीले जनता मरिरहेका बेला ओली सरकारको ध्यान भ्रष्टाचारमा मात्रै रहेकोले दसँैपछि ठूलो आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

    सरकारले कोरोना महामारी रोकथामका लागि जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह त गरेको छ तर त्यसको पालना गराउन उदासिन देखिएको छ । लकडाउनका बेला औषधि किन्न बजार निस्केका नागरिकलाई मरणासन्न हुने गरी कुटपिट गर्ने सरकारले जनस्वास्थ्य मापदण्डको गम्भीर उल्लंघन गर्ने दलहरुलाई केही गर्न नसकेको हो ।


    शनिवार, कार्तिक १ २०७७०७:५७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij