Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय पुरुष भलिबल  : सुदूरपश्चिम र लुम्बिनीको‌ जित

राष्ट्रिय पुरुष भलिबल  : सुदूरपश्चिम र लुम्बिनीको‌ जित

  • सोमवार, पौष २३ २०८०

  • 1.0K
    SHARES

  • राष्ट्रिय पुरुष भलिबल  : सुदूरपश्चिम र लुम्बिनीको‌ जित
    काठमाडौं । सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशलाई ३–१ ले सेटमा हराएको थियो ।
     
    प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले प्रतिस्पर्धात्मक खेलमा कर्णालीलाई २५–२१,२१–२५, २५–१८ र २५–२३ ले हराएको थियो । यद्यपि सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
     
    एक खेल जितेको कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशको सामना गर्नेछ । समूह ‘बी’मा गण्डकी र त्रिभुवन आर्मी क्लबको समान ६ अंक छ । सुदूरपश्चिमको ४, कर्णालीको ३ र मधेशको १ अंक छ ।
     
    आर्मीले आज हुने खेलमा गण्डकीलाई‌ हराएको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहनेछ । त्यस्तो भएमा कर्णालीले गण्डकीलाई‌ सोझो सेटमा हराउनु पर्ने हुन्छ । आजै भएको समूह ‘ए’ पहिलो खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ३–१ ले हराएको थियो । दोस्रो खेल जित्ने क्रममा लुम्बिनीले कोशीलाई २५–१५,२१–२५,२५–१३ र २५–२१ ले हराएको थियो ।
     
    आज बाँकी दुई खेलमा साबिक विजेता एपिएफ र नेपाल पुलिस क्लब र दिनको अन्तिम खेलमा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । समूहमा एपिएफ र पुलिसको समान ६ अंक छ । लुम्बिनी, बागमती र कोशी प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
     
    लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
     


    सोमवार, पौष २३ २०८००२:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij