Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा निर्वाचन : यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचन : यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार

  • आइतवार, पौष २२ २०८०

  • 2.1K
    SHARES

  • राष्ट्रिय सभा निर्वाचन : यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार
    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका ६ जनै उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार(आज)को गठबन्धन बैठकबाट पार्टीले ६ सिट पाउने टुंगो लागेसँगै पार्टीले नाम टुंगो लगाएको हो।
     
    एक नेताका अनुसार, कोशी प्रदेशमा चम्पा कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विक र सुदूरपश्चिम प्रदेशमा रेनु चन्दलाई उम्मेदवार बनाउने तय भएको छ।
     
    कार्की महिला समूहबाट, अधिकारी अन्य समूहबाट, शर्मा महिला समूहबाट, सुवेदी अन्य समूहबाट, विश्वकर्मा दलित समूहबाट र चन्द महिला समूहबाट उम्मेदवार बन्नुहुने भएको छ।
     
    फागुन २० पछि राष्ट्रिय सभामा माओवादी केन्द्रका ३ सांसदको पद रिक्त हुँदैछ। गठबन्धनका साझा उम्मेदवारका रुपमा तय भएका ६ जनै उम्मेदवारले जितेमा उसलाई ३ सिट नाफा हुनेछ।


    आइतवार, पौष २२ २०८००२:५७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij