Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

३ हजार १६७ संक्रमित थपिए, १२ जनाको मृत्यु

३ हजार १६७ संक्रमित थपिए, १२ जनाको मृत्यु

  • शनिवार, कार्तिक १ २०७७

  • 1.2K
    SHARES

  • ३ हजार १६७ संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको थियो।

    स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अब देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् ।

    जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।

    यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार बितको२४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ ।

    यसैगरी आज १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।


    शनिवार, कार्तिक १ २०७७०४:३६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij