Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भारतलाई उछिन्दै अस्ट्रेलिया टेस्ट वरीयताको शीर्ष स्थानमा

भारतलाई उछिन्दै अस्ट्रेलिया टेस्ट वरीयताको शीर्ष स्थानमा

  • शुक्रवार, पौष २० २०८०

  • 823
    SHARES

  • भारतलाई उछिन्दै अस्ट्रेलिया टेस्ट वरीयताको शीर्ष स्थानमा
    काठमाडौं । अस्ट्रेलिया आईसीसीको टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । आईसीसीको पछिल्लो वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । यस्तै भारत टेस्ट वरीयताको दोस्रो स्थानमा छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा यथावत् छन् । 
     
    एकदिवसीय र टी–२० वरीयतामा भने भारत शीर्ष स्थानमै छ । एकदिवसीयको दोस्रो वरीयतामा अस्ट्रेलिया र तेस्रोमा साउथ अफ्रिका रहेका छन् ।
     
    टी२० क्रिकेटको दोस्रो वरीयतामा भने इंग्ल्याण्ड रहेको छ । न्यूजिल्याण्ड टी२० वरीयताको तेस्रो स्थानमा रहेको छ ।
     
    टेस्ट वरीयताको ब्याटरतर्फ न्युजिल्यान्डका केन विलियमसन शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका जोए रुट दोस्रो र अस्ट्रेलियाका स्टेभेन स्मिथ तेस्रो स्थानमा यथावत् छन् । टेस्ट वरीयताको बलिङतर्फ भारतका रविचन्द्रन अश्विन, दक्षिण अफ्रिकाका कागिसो रबाडा र अस्ट्रेलियाका प्याट कमिन्स क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा यथावत् छन् ।
     


    शुक्रवार, पौष २० २०८००४:५६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij