काठमाडौं। क्रिकेटर सन्दिप लामिछानेबारे निर्णय गर्न नेपाल क्रिकेट संघ(क्यान)ले अदालतको निर्णय पर्खिने भएको छ।क्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा लामिछानेबारे पुस २५ गतेपछि मात्रै औपचारिक निर्णय गर्ने बताएको हो।
क्यान सचिव पारस खड्काका अनुसार सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने/नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुनेछ।
जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठह¥याएको थियो। उनको सजाय निर्धारणका विषयमा पुस २५ गते नै काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ।
‘हाम्रो लयरले सन्दीपको लयरसँग कुराकानी गर्दा क्यानले अहिले अफिसियल स्टेटमेन्ट निकाल्नुभन्दा पहिला उनीमाथी हुने कैद सजाय के कति हुन्छ भन्ने भएपछि मात्र म र अध्यक्षबीच कुरा हुँदा औपचारिक स्टेटमेन्ट दिने कुरा भएको छ’, पारसको भनाई थियो ।