Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन

धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन

  • बिहिवार, पौष १२ २०८०

  • 612
    SHARES

  • धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन
    काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।
     
    बिहीबार(आज) बसेको समितिको बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
     
    लेखा समितिले प्रिमियममा जारी भएका आईपीओका विषयमा छलफल गर्न आज बोर्डका अध्यक्ष हमाललाई बोलाए पनि उहाँ उपस्थित हुनुभएन ।
     
    बिना जानकारी हमाल बैठकमा अनुपस्थित भएको भन्दै समितिले खेद प्रकट गरेको छ । उहाँको अनुपस्थितिमा बोर्डबाट कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ बैठकमा उपस्थित हुनुभएको थियो ।
     
    बैठकमा बोल्ने अधिकांश सांसदहरूले प्रिमियममा जारी भएका आईपीओका सम्बन्धमा अध्ययन गर्नु पर्ने भन्दै बोर्ड अध्यक्ष कार्यशैलीको चर्को आलोचना गरेका थिए ।


    बिहिवार, पौष १२ २०८००३:०९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij