Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यी ११ जिल्लामा छन् ५०० भन्दा धेरै संक्रमित

यी ११ जिल्लामा छन् ५०० भन्दा धेरै संक्रमित

  • शुक्रवार, आश्विन ३० २०७७

  • 1.6K
    SHARES

  • यी ११ जिल्लामा छन् ५०० भन्दा धेरै संक्रमित

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जानकारी दिएको छ।

    मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर, दाङ, बाँके र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    यस्तै नेपालमा बितेको २४ घण्टामा थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्।

    पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ५ सय २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ भने ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन्।

    पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

    यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, आश्विन ३० २०७७०४:५६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij