Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विवादित भाषण र उद्घाटनबाहेक अहिलेको सरकारले केहि गरेन: भीष्मराज आङदाम्बे

विवादित भाषण र उद्घाटनबाहेक अहिलेको सरकारले केहि गरेन: भीष्मराज आङदाम्बे

  • शनिवार, पौष ७ २०८०

  • 510
    SHARES

  • विवादित भाषण र उद्घाटनबाहेक अहिलेको सरकारले केहि गरेन: भीष्मराज आङदाम्बे

    काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदाम्बेले नेताहरुले देशको लागि भन्दा पनि आफ्नै र आफ्नाका लागि मात्रै गरिरहेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आङदाम्बेले भ्रष्टाचारलाई मलजल गर्न र प्रशय दिनकालागि देशका शिर्ष र माथिल्लो तहकै नेतृत्वहरु नै लागेको भन्ने कुरामा कुनै शंका नरहेको दाबी गर्नुभयो । भ्रष्टाचारलाई निमयन गर्ने र हेर्ने हरेक निकायहरुले यस कुरालाई शसक्तरुपमा नियाल्नुपर्नेमा जोड दिनुभयो ।

    भ्रष्टाचारमा अघि बाट पछि सर्ने ट्रेन चलेको बताउँदै उहाँले हिजोको पुस्ताले जे गरे त्यसैलाई अहिलेका पुस्ताले पछ्याउने कुरा निकै चिन्ताजनक रहेको स्पष्ट पार्नुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता आङदाम्बेले अहिलेको सरकारसँग आफूहरु कत्ति पनि सन्तुष्ट नभएको बताउनुभयो । कुनै पार्टीको एकल सरकार नभई गठबन्धनको सरकार भएकाले धेरै गफ गरेर भन्दा पनि काम गरि प्रमाणीत गरेर देखाउनुपर्ने उहाँको भनाइ छ ।

    अहिलेको सरकारलाई सिंहदरबारभित्र भन्दा पनि विभिन्न भुगोलहरुमा उद्घाटन, भाषणमा र विवादित कुराहरु व्यक्त गरेर बसेको देख्नु बाहेक अरु ठाउँमा देख्न नपाएको आरोप लगाउनुभयो ।

    यतिबेला भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएको होकी भन्ने देखिएको अवस्थामा सरकारले आफूलाई सहि मार्गमा ल्याएन भने आफूहरुले हेरेर नबस्ने बताउँदै गठबन्धनलाई निरन्तरता दिन नसकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

    यस्तै कांग्रेसमा पछिल्लो समयमा बढ्दै गएको वरीयता विवादलाई सामान्यरुपमा लिन पनि नेता आङदाम्बेले आग्रह गर्नुभएको छ । वरीयतामा कस्लाई अगाडि र कस्लाई पछाडि राख्ने भन्ने कुरा पार्टीभित्रको व्यस्थापनको कुरा भएकाले पदाधिकारीहरु बसेर छलफल गरेर छिनोफानो गर्ने स्पष्ट पार्नुभयो । वरिष्ठताको पाटोलाई छिट्टै टुङ्घयाउने पनि नेता आङदाम्बेले बताउनुभयो ।


    शनिवार, पौष ७ २०८००८:४०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij