Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्री फेरेर परिणाममुखी काम देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

मन्त्री फेरेर परिणाममुखी काम देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, पौष ६ २०८०

  • 823
    SHARES

  • मन्त्री फेरेर परिणाममुखी काम देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने बताउनुभएको छ । मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ ।

    उहाँले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

    प्रचण्डले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


    शुक्रवार, पौष ६ २०८००२:१२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij