Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त ६ जना न्यायाधीशहरूले लिए शपथ

नवनियुक्त ६ जना न्यायाधीशहरूले लिए शपथ

  • बिहिवार, पौष ५ २०८०

  • 759
    SHARES

  • नवनियुक्त ६ जना न्यायाधीशहरूले लिए शपथ
    काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
     
    बिहीबार(आज) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरूलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 
     
    न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरे लगत्तै हिजो राष्ट्रपति पौडेलले नियुक्त गर्नुभएको थियो । हिजो नियुक्त हुनुभएका न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 


    बिहिवार, पौष ५ २०८००३:५८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij