Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

युएई–काठमाडौं जहाजको शौचालयमा नवजात शिशु फेला

युएई–काठमाडौं जहाजको शौचालयमा नवजात शिशु फेला

  • बुधवार, पौष ४ २०८०

  • 2.5K
    SHARES

  • युएई–काठमाडौं जहाजको शौचालयमा नवजात शिशु फेला

    काठमाडौं। यूएईको सारजाहबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ। आज बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको हो ।

    दुवईबाट उडेको जी९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार शिशु फेला परेलगत्तै एकजना महिलालाई पक्राउ गरेको छ।झाले भन्नुभयो, ‘यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ,अनुसन्धान हुँदैछ ।’

    काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको उहाँले बताउनुभयो। यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पु¥याएको उहाँले जानकारी दिनुभयो ।

     


    बुधवार, पौष ४ २०८००३:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij