Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

श्रीलंकन विदेशमन्त्री साब्री काठमाडौं आइपुगे,यस्तो छ भ्रमण तालिका..

श्रीलंकन विदेशमन्त्री साब्री काठमाडौं आइपुगे,यस्तो छ भ्रमण तालिका..

  • बुधवार, पौष ४ २०८०

  • 726
    SHARES

  • श्रीलंकन विदेशमन्त्री साब्री काठमाडौं आइपुगे,यस्तो छ भ्रमण तालिका..

    काठमाडौं। श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ। नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री केहीबेर अगाडी काठमाडौं आइपुग्नु भएको हो।

    परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटी लगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ।

    भोली र पर्सी (बिहीबार र शुक्रबार) हुने बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नुहुनेछ, भने श्रीलंकाको प्रतिनिधि मण्डलको नेतृत्व साब्रीले गर्नु हुनेछ। बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुनेछ।

    श्रीलंकाका पूर्वअर्थमन्त्रीसमेत रहेका साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समकक्षी साउदलगायतसँग शिष्टाचार भेट गर्ने तलिका पनि तय गरिएको छ।साब्री २३ डिसेम्बर अर्थात् शनिबार स्वदेश फर्किने तालिका छ ।


    बुधवार, पौष ४ २०८००३:०६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij