Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एनसेल प्रकरणमा संसदिय समितिको प्रधानमन्त्रीलाई प्रश्नैप्रश्न, आफ्नो र परिवारको नाम जोडिएपछी आक्रामक, शतिशलालसँग सम्पर्क रहेको स्वीकार (खासखबर)

एनसेल प्रकरणमा संसदिय समितिको प्रधानमन्त्रीलाई प्रश्नैप्रश्न, आफ्नो र परिवारको नाम जोडिएपछी आक्रामक, शतिशलालसँग सम्पर्क रहेको स्वीकार (खासखबर)

  • मंगलवार, पौष ३ २०८०

  • 645
    SHARES

  • एनसेल प्रकरणमा संसदिय समितिको प्रधानमन्त्रीलाई प्रश्नैप्रश्न, आफ्नो र परिवारको नाम जोडिएपछी आक्रामक, शतिशलालसँग सम्पर्क रहेको स्वीकार (खासखबर)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदको राज्य व्यवस्था तथा सुशासन समिति आक्रामक रुपमा प्रस्तुत हुनुभएको छ। एनसेलको विषयलाई गिजोलेर आफू र आफ्नो परिवारमाथि गलत भाष्य निर्माण गरिएको भन्दै प्रचण्ड आक्रोशित बन्नुभएको थियो। एनसेल घोटाला काण्डमा राज्यका संयन्त्रको नै मिलिभगत रहेको भन्ने विषय बाहिरिएपछि प्रधानमन्त्री पहिलोपटक आक्रामक रुपमा प्रस्तुत हुनुभएको हो ।

    प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको भन्दै देश र जनताको हीत विपरित सम्झौता नहुने प्रष्ट पार्नुभएको छ। उहाँले आफूसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि आचार्यको मितव्ययिता रहेको खुलासा गर्नुभयो।

    समितिको छलफलका क्रममा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे समेत प्रश्न गरेका थिए। प्रचण्डले आफ्नो परिवारका सदस्यहरुलाई गुमाउँदै गएको बताउँदै गंगा दाहाल निकै सोझी रहेको संकेत गर्नुभयो। आफू र आफ्नो परिवारलाई जोडेर गरेको प्रचार झुटो भएको समेत उहाँको भनाइ छ।

    एनसेललाई अनेक बहानाबाट ओझेलमा पार्न खोजेको एमालेका सांसद कृष्णगोपाल श्रेष्ठको दाबी थियो। सरकारको धारणा समेत फरक–फरक रहेको भन्दै श्रेष्ठले प्रणालीमाथिको प्रहार भएपनि यसलाई स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

    यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलमा अनियमितता भएको संकेत गर्दै प्रधानमन्त्री प्रचण्डको घोषणापत्रमा लेखिएको कुरा स्मरण गराउनुभएको थियो ।

    एनसेलमा ठूलो मात्रामा घोटाला भएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रमाण समेत संकलन गरेको दाबी गर्नुभएको छ । सर्वोच्च अदालतले पनि सांसद सिंहकै रिटमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरी आगामी १६ गते छलफलका लागि बोलाएको छ ।

    मुलुकमा बाह्य लगानी आकर्षण गर्न सम्मेलनको तयारी भइरहेका बेला डेढ खर्ब लगानी भएको कम्पनीले चलाखी गरी पुनः निजीकै स्वामित्वमा रहने प्रपञ्च गरेका बेला सरकार मौन बस्नु हुँदै न । कुनैपनि हालतमा कारबाहीको दायरामा ल्याएर बक्यौता कर असुली र राज्यको स्वामित्वमा ल्याउन ढिलो गर्नै मिल्दैन । तब मात्रै जनता पत्याउने छन् ।।


    मंगलवार, पौष ३ २०८००८:२२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij